पर्यटनमन्त्री किराती र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

शुक्रबार मन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, द्विपक्षीय हित र सहकार्यका विविध विषयबारे छलफल भएको छ।

भेटपछि सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै मन्त्री किरातीले आफूहरूबीच हवाई रुट र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएस सञ्चालनबारे छलफल भएको उल्लेख गरेका छन्।

साथै हालै भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण सफल बनाउन दूतावासले खेलेको भूमिकाप्रति आफूले धन्यवाद व्यक्त गरेको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर