राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. रत्नमणि गजुरेलले आज जारी गरेकाे विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्यावस्था स्थिर रहेको जनाइएको छ।

उनका अनुसार राष्ट्रपति पौडेलको मुटुको चालको निगरानी भइरहेको छ। राष्ट्रपति पौडेल शनिबार बिहानदेखि सो अस्पतालमा भर्ना भई उपचाररत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर