स्रोत नखुलेको साढे १५ लाख रूपैयाँसहित सर्लाहीमा दुई जना पक्राउ

सर्लाहीमा स्रोत नखुलेको नेपाली र भारतीय रकमसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा सर्लाहीको मलंगवा नगरपालिका-४ बस्ने ३५ वर्षीय विसुन्द्रप्रसाद चौधरी र सोही नगरपालिका-२ बस्ने ४० वर्षीय नागेन्द्र ठाकुर छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी गोरखकालीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई मंगलबार बिहान मलंगवा नगरपालिका-८, गोरखकाली चोकबाट पक्राउ गरेको हो।

उनीहरूका साथबाट स्रोत नखुलेको १५ लाख ५० नेपाली रूपैयाँ र २ हजार ६ सय ४० भारतीय रूपये बरामद भएको छ।

भारतको सोनवर्षाबाट नेपालतर्फ आउँदै गरेको उनीहरू सवार बीआर ३० एस २०८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला परेपछि पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर