रक्षामन्त्री खड्का ओमान जाने

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का ओमान जाने भएका छन्।

त्यहाँ आयोजना हुने आठौं एनआरएनए मध्य पूर्व क्षेत्रीय सम्मेलन (एमआरसी) मा प्रमुख अतिकिा रूपमा मन्त्री खड्का सहभागी हुने भएका हुन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री खड्कालाई सम्मेलनमा सहभागिताका लागि स्वीकृति दिएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

यही असार १३ देखि १५ गतेसम्म ओमानको होटल मस्कट हलिडेमा सम्मेलन आयोजना हुनेछ।

एमआरसीले सहभागीहरूलाई आफ्ना विचारहरू व्यक्त गर्न र नेपाल र मध्य पूर्वमा बसोबास गर्ने नेपाली आप्रवासीहरूसँग सम्बन्धित महत्त्वपूर्ण मामिलाहरूमा छलफल गर्नका लागि एक महत्त्वपूर्ण माध्यमका रूपमा काम गर्छ।

सुरक्षित आप्रवासन सुनिश्चित गर्ने, समावेशी निर्णय लिने, र समुदायलाई सशक्त बनाउने जस्ता साझा उद्देश्यहरू प्राप्त गर्नमा विशेष चासाेका साथ सरोकारवालाहरूबीच नेटवर्किङ र सहकार्यलाई प्रवर्द्धन गर्ने यस सम्मेलनको उद्देश्य रहेकाे छ।

यस वर्षको सम्मेलनकाे नारा ‘आवाजहरूलाई सशक्त बनाउने, जीवनलाई समृद्ध बनाउने’ रहेको छ।

नेटवर्किङ अवसरहरू सहज बनाउने, सुरक्षित बसाइँसराइको वकालत गर्ने, आर्थिक सम्भावनाहरू बढाउने, सामुदायिक संलग्नतालाई सुदृढ गर्ने, सामाजिक एकीकरणको प्रवर्द्धन, सांस्कृतिक आदानप्रदानलाई बढावा दिने, महिला सशक्तीकरणलगायत उद्देश्य राखिएका छन्।

नेपाल र आयोजक राष्ट्र दुबैका प्रतिष्ठित अधिकारी र नेताहरू, मध्यपूर्व क्षेत्र र अन्य देशहरूका करिब ५०० प्रतिनिधिहरूको सम्मेलनमा उपस्थिति हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *