५ विदेशीसहित १२ जना लागुऔषध कारोबारी पक्राउ, हालसम्मकै ठूलो परिमाणमा एलएसडी बरामद

प्रहरीले लागुऔषध कारोबारमा संलग्न ५ जना विदेशी नागरिसकहित १२ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूलाई शुक्रबार लागुऔषध नियन्त्रण ब्यूरोले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

ब्यूरोले जेठ २८ गतेदेखि अप्रेसुन चलाएर उनीहरूलाई काठमाडौं र पोखराका विभिन्न होटलबाट पक्राउ गरेको हो।

पक्राउ पर्ने विदेशी नागरिकहरूमा भारत विहारका २७ वर्षीय हेमन्त कुमार भगत, २८ वर्षीय रामभजन भन्ने सञ्जीव कुमार, ६३ वर्षीय टर्किस नागरिक पउल वेर्स्ट, चेक रिपब्लिका ३२ वर्षीय मार्टिना सेर्ना र इटालियन नागरिक ३४ वर्षीय डेभिड मिनाडिओ रहेका छ।

यस्तै नेपाली नागरिकहरूमा राप्ति नगरपालिका–७ चितवनका २९ वर्षीय महेश चौधरी, काठमाडौंको चन्द्रागिरी नगरपालिका–८ का २९ वर्षीय सुगम मैनाली, काठमाडौं महानगरपालिका–१८ का ४२ वर्षीय मुखिया गुरूङ, विराटनगर महानगरपालिका–१२ का ३६ वर्षीय बच्चन भन्ने राज गौतम, रूबीभ्याली गाउँपालिका–२ का ४२ वर्षीय दावा तामाङ र वडा नम्बर ३३ वर्षीय नुरबहादुर तामाङ र भद्रपुर नगरपालिक–४ झापाका २४ वर्षीय सुमन लिम्बू रहेका छन्।

पक्राउ परेकाहरूबाट कुल ३.७ ग्राम कोकिन, १०० ग्राम खैरो हिरोईन, ४०.८५ ग्राम एम्फेटामाइन, ६ किलो ८६० ग्राम चरेस, १० हजार १३१ पिस एलएसडी स्टिकर, चार किलो ७५० ग्राम गाँजा र १६ बोत्तल कोडिन बरामद भएको छ।

बरामद गरिएको अवैध लागू ओषधको अबैध बजार मूल्य २ करोड ३३ लाख १५ हजार २५० रूपैयाँ पर्ने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार एलएसडी ( लाइसर्जिक डाइथेरामाइड एसिड) नेपालमा हालसम्मकै ठूलो परिमाणमा बरामद भएको हो। यसको कारोबारमा संलग्न पाँच जना पक्राउ परेका हुन्।

ब्यूरोका अनुसार ५ असारमा ठमेलबाट सुगम मैनालीलाई ७ पिस एलएसडीसहित पक्राउ गरेको थियो। उनीमार्फत अनुसन्धानको क्रममा ठमेलबाट मुखिया गुरुङ, पोखराबाट चेक रिपब्लिकन नागरिक मार्टिन सेरना र बचन भन्ने राज गौतम पक्राउ परेका हुन्।

एलएसडी कारोबार गर्ने गिरोहका मुख्य नाइके इटालियन नागरिक डेबिड मण्डियो रहेको प्रहरीले जनाएको छ। सन् १९६०/७० को दशकमा हिप्पीहरूले नेपालमा लागूऔषध एलएसडी भित्र्याएको मानिन्छ। तर, पछिल्ला वर्षहरूमा नेपालमा एलएसडीको प्रयोग भएको देखिएको थिएन। यो निकै महँगो पर्ने र स्टिकरका रूपमा बिक्री वितरण हुने गर्छ।

पक्राउ परेका १२ जनाविरूद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार सम्बन्धित जिल्ला अदालतहरूबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर