सर्वोच्च, उच्च र जिल्लामा रिक्त ८८ न्यायाधीश सिफारिसका लागि परिषद्को बैठक बस्दै

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सचिवालयले न्याय परिषद्को बैठक सोमबार बोलाएको छ । न्यायाधीश सिफारिसको एजेन्डासहित प्रधानन्यायाधीश कार्कीको नेतृत्वमा पहिलो बैठक बस्न लागेको हो ।

हाल सर्वोच्च, उच्च र जिल्लामा गरि ८८ न्यायाधीश पद रिक्त रहेको छ । आजको बैठकमा यही विषयमा छलफल हुने जनाइएको छ ।

परिषद्का प्रवक्ता मानबहादुर कार्कीले न्यायाधीश सिफारिसका लागि बैठक बस्न लागेको जानकारी दिए । बैठकबाट जिल्ला, उच्च र सर्वोच्च अदालत समेतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस हुन सक्ने उनको भनाई थियो ।

परिषद्का अनुसार सर्वोच्चमा ६ न्यायाधीश सिफारिस गर्न सकिनेछ । उच्च अदालतमा ६ मुख्यसहित ४१ न्यायाधीशको पद रिक्त छ । जिल्ला अदालतमा ३५ न्यायाधीशको पद रिक्त छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर