नेप्से परिसूचक उच्च अंकले वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव ९४ अङ्कले उकालो लागेर दुई हजार एक सय ८६ दशमलव ३६ पुगेको छ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३ दशमलव ४० अङ्कले उकालो लागेर चार सय १२ दशमलब ५१ मा पुगेको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य ओरालो लाग्दा १० उपसमूहको शेयर मूल्य वृद्धि भएको हो।

कुल एक करोड ३१ लाख सात हजार ८० कित्ता शेयर पाँच अर्ब ४७ करोड ६२ लाख ८७ हजार सात सय ४० रूपैयाँ मूल्यमा खरिद बिक्री भएका छन्।

कारोबारका आधारमा स्वावलम्बन लघुवित्त शीर्ष स्थानमा छ। सो कम्पनीको २५ करोड १२ लाख ३३ हजार छ सय ९४ रूपैयाँ बराबरको कारोबार भएको छ।

यस्तै शिवम् सिमेन्टको २२ करोड ६३ लाख ४५ हजार दुई सय १८, सोल्टी होटलको २२ करोड ४२ लाख २९ हजार छ सय ३८,आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १३ करोड १४ लाख २० हजार दुई सय ८७ र हिमालयन डिस्टिलरीको १२ करोड ४८ लाख ९७ हजार छ सय ६८ रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार निर्धन उत्थान लघुवित्त, डिप्रोक्स लघुवित्त, हिमालयन लाइफ इन्स्योरेन्स, नेरुडे लघुवित्त, गरिमा विकास लघुवित्तलगायत कुल २८ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

यस्तै सिक्लेस हाइड्रोपावर तीन दशमलव ८८, गरिमा बैंकको ऋणपत्र तीन दशमलव शून्य आठ, राष्ट्रिय बीमा कम्पनी दुई दशमलव ४९,सेञ्चुरी बैंकको ऋणपत्र एक दशमलव ९१ र बलेफी हाइड्रोेपावरका लगानीकर्ताले एक दशमलव ६९ प्रतिशतले कमाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर