रोमानिया पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

रोमानिया पठाइदिन्छु भन्दै ४ लाख रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा घर भई हाल काठमाडौंको बाफल बस्ने २० वर्षीय ससिनकुमार थापा रहेको प्रहरीले जनाएको छ।

उनले सन्तोष गुरुङसमेतलाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाइदिने भन्दै ४ लाख रूपैयाँ ठगी गरेको आरोप छ।

थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर