नेपालमा चीनले प्रभाव बढाउँदै गरेका बेला अमेरिकी उच्च अधिकारी दलाई लामा भेटेर आउँदै

तिब्बती मामिला र प्रभाव विस्तारले तर्सिएकै हाे त अमेरिका?

नेपालमा चीनको बढ्दो प्रभावका बीच दलाई लामा भेटेर अमेरिकी उच्च अधिकारी नेपाल भ्रमणमा आउँदै छन्।

दक्षिण तथा मध्यएसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एक दिने भ्रमणमा शुक्रबार काठमाडौं आउने परराष्ट्र मन्त्रालय स्राेतले जनाएकाे छ।

भ्रमणका अवसरमा सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदलाई भेट्ने तय भएको छ । अरू क-कसलाई भेट्ने भन्नेबारेमा अहिलेसम्म टुंगो लागेको छैन ।

नेपाल भ्रमणअघि दलाई लामा भेटेका लुले केही महत्त्वपूर्ण सन्देश बोकेर आउन सक्ने अनुमान गरिएको छ।

आइतबार सहायक विदेशमन्त्री लु, भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेट्टी, तिब्बती मामिलाका लागि अमेरिकी विशेष संयोजक उज्रा जेयाले दिल्लीमा दलाई लामासँग भेट गरेका थिए। भेटमा अन्य अमेरिकी कूटनीतिज्ञहरू पनि उपस्थित थिए।

चीनले उसका राष्ट्रपति सी चिनपिङका महत्त्वाकांक्षी तथा विभिन्न देशमा विवादित बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई), ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) र ग्लोबल कल्चर इनिसियटिभ (जीसीआई) नेपालमा समेत लागू भएको भ्रम छरिरहेका बेला एक चीन नीतिमा प्रतिबद्व रहेको बताउने नेपालमा अमेरिकी अधिकारीको भ्रमण हुन लागेकाे हाे।

याे पनि – पोखरालाई ‘स्टेशन’ बनाएर सीमावर्ती हिमाली जिल्लामा प्रभाव विस्तार गर्दै चीन

नेपालका लागि चीनका राजदूत छेन सङले विभिन्न सार्वजनिक कार्यक्रममा नेपाल बीआरआई, जीएसआई र जीसीआईमा सहभागी रहेको अभिव्यक्ति दिएका छन्।

यतिबेला चीन नेपालमा राजनीतिक, आर्थिक, सामाजिक, सुरक्षा र सांस्कृतिक प्रभाव विस्तार गरिरहेको छ। उसले हवाई क्षेत्र, डिजिटल करेन्सी र नेपाली सेनासँग व्यापारमा जोड दिएको छ। यसका लागि उसको अधीनमा रहेका विमान कम्पनी, हतियार तथा उपकरण उत्पादक कम्पनीहरूलाई नेपालमा काम गर्ने वातावरण बनाउने मात्र होइन अघोषित दबाबसमेत बढाइरहेको छ।

याे पनि – बीआरआई र जीसीआईमा नेपाल सहभागी भएको ‘प्रोपोगाण्डा’ गर्दै चिनियाँ राजदूत, सरकार मौन

नेपालमा विच्याट मनी, पोखरा विमानस्थल र सेनासँग भएको अर्बौंको हतियार तथा उपकरण खरिद सम्झौता यसका पछिल्ला उदाहरण हुन्। यस्तै ड्र्यागन बोट रेससमेत उसको नेपालमा प्रभाव जमाउने एउटा रणनीतिबाहेक केही नभएको कोही कसैबाट लुकेको छैन।

इण्डो-प्यासिफिक क्षेत्रलाई आधार बनाएर हुने अमेरिकी अधिकारीहरूको यो भ्रमणलाई यतिबेला निकै महत्त्वका साथ हेरिएको छ।

भारत, चीन र अमेरिकासँग समानान्तर सम्बन्ध राखेको दाबी गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ क्याबिनेटका मन्त्री र उनको पोलिटब्यूरो तथा सल्लाहकार समितिका गतिविधि भने यसको ठीक उल्टो छ।

आमनिर्वाचनपछि पुष्पकमल दाहाल नेतृत्वको सरकार बनेपछि अमेरिकाबाट हुन लागेको यो चौथो भ्रमण हो। यसअघि गत माघमा राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड, माघमा यूएसएआईडीकी प्रमुख समान्था पावर र फागुनको पहिलो साता दक्षिण तथा मध्यएसिया मामिला विभागकी उपसहायक राज्यमन्त्री अफ्रिन अख्तरले नेपालको भ्रमण गरेका थिए।

काे हुन् लु? 

सहायक विदेशमन्त्री लु दक्षिण तथा मध्यएसिया मामिलामा दख्खल राख्ने अमेरिकी कूटनीतिज्ञमा पर्छन्। उनी २०७८ भदौ ३० मा दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री नियुक्त भएका थिए। त्यसअघि लु किर्गिस्तान र अल्बानियाका लागि राजदूत थिए।

३० वर्षभन्दा बढी अमेरिकी कूटनीतिक सेवामा काम गरिसकेका लु नयाँदिल्लीस्थित अमेरिकी दूतावास र पाकिस्तानस्थित अमेरिकी दूतावासमा काम गरेको अनुभव छ। दिल्लीमा उनले उपनियोग प्रमुखका रूपमा काम गरेका थिए। उनले मध्यएसिया तथा दक्षिण एसिया काकेसस मामिला कार्यालयका उपनिर्देशकको जिम्मेवारी सम्हालेका थिए।

यी पनि –

 नेपाललाई ॠणको भार बोकाएर व्यापार गर्दै चीन

– बीआरआईमा नेपालको मौनतापछि जीडीआई अघि बढाउँदै चीन

– बीआरआईमा जबर्जस्ती नेपाललाई जोड्दै चीन

– नेपालमा चीनको निर्लज्ज कूटनीतिक चाल

– ‘जबर्जस्ती कूटनीति’ अपनाउँदै चीन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *