प्रधानमन्त्री दाहाल र राष्ट्रसंघ महासचिव गुटेरेसबीच भेटवार्ता

इटली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ।

रोमस्थित संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) को मुख्यालयमा उनीहरूबीच सोमबार भेटवार्ता भएको हो।

त्यहाँ आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम, २०२३ स्टकटेकिङ मोमेन्ट’ मा सम्बोधनपछि प्रधानमन्त्री दाहालले महासचिव गुटेरेससँग भेटवार्ता गरेका हुन्।

भेटवार्तामा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्रसंघबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर