रक्षामन्त्री खड्काद्वारा मध्य एयर वेशको निरीक्षण भ्रमण 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शुक्रबार गौचरस्थित सैनिक हवाई सेवाअन्तर्गत मध्य एयर वेशको निरीक्षण भ्रमण गरेका छन्।
उनलाई मध्य एयर वेशमा प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गरेका थिए।
मन्त्री खड्कालाई सैनिक हवाई सेवा प्रमुख, पाइलट उपरथी आशिष नरसिंह राणाले सैनिक हवाई सेवाको वस्तुस्थितिलगायत सैनिक हवाई सेवाका विविध गतिविधिबारे जानकारी गराएका थिए।
सोही अवसरमा माननीय मन्त्री खड्काले मध्य एयर वेशमा रहेका सैनिक हवाई साधन तथा अन्य महत्त्वपूर्ण उपकरणहरूको अवलोकन गरे। मन्त्री खड्काले सैनिक हवाई सेवाबाट विपद् उद्धार, विकास निर्माणलगायतका क्षेत्रहरूमा सम्पादन भएका कार्यहरूको उच्च प्रशंसा गर्दै आगामी दिनमा उच्च मनोबलका साथ कार्य गर्न निर्देशनसमेत दिए।
भ्रमणकै क्रममा मन्त्री खड्काको अध्यक्षतामा नेपाली सैनिक विमान चार्टर उडान विकास समितिको २५ औं बैठकसमेत सम्पन्न भएको छ।
त्यस अवसरमा रक्षासचिव किरणराज शर्मा, बलाधिकृत रथी सरोजप्रताप राणा, नेपाली सेनाका रथी, रक्षा मन्त्रालय तथा अर्थ मन्त्रालयका उच्च पदस्थ पदाधिकारीहरूलगायत सैनिक हवाई सेवाका अधिकृतहरूको उपस्थिति थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *