बिनानिष्कर्ष सकियो संवैधानिक परिषदको बैठक, अर्को बैठक बिहीबार

सर्वोच्च अदालतमा नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक बिनानिष्कर्ष सकिएको छ।

अब अर्को बैठक बिहीबार (साउन १८) मा बस्ने भएको छ।

प्रधानन्यायाधीश नियुक्ति सिफारिसको एजेन्डासहित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा मंगलबार परिषदको बैठक बसेको थियो।

बैठकमा सहभागी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका अनुसार अर्को बैठक बिहीबार अपराह्न ५ बजे बस्नेछ।

हालका प्रधान्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण साउन २० मा अवकाशमा जाँदैछन्।

त्यसको एक महिना अगाडि नै प्रधानन्यायाधीश सिफारिस गरिसक्नुपर्ने भए पनि सरकारले संविधानकाे उल्लंघन गरेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर