सरकारी कर्मचारी हुँ भन्दै साढे ३० लाख रूपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सरकारी कर्मचारी हुँ भन्दै पेशेवर रूपमा ठगी गर्ने तथा लिखतसम्बन्धी कसुरमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका-३ स्थायी घर भएका सतेन्द्र अधिकारी भन्ने सत्यन्द्रप्रसाद यादव रहेकाे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका यादवले आफूलाई वीर अस्पतालको डा. तथा नेपाल सरकार गृह मन्त्रालयको कर्मचारी रहेको भनी जाहेरवालालाई वीर अस्पतालमा जागिरसमेत लगाइदिने र उनका आफन्तलाई वैदेशिक रोजगारको लागि क्यानडा, इजरायललगायतका देशमा सरकारी कोटामा पठाइदिने प्रलाेभनमा पारेका थिए।

यस्तै विभिन्न व्यक्तिका राहदानी, नागरिकता, सवारी चालक अनुमतिपत्रका लागि पनि विभिन्न प्रलोभन र प्रभावमा पारी ३० लाख ५५ हजार लिएर सम्पर्कविहिन भएको उजुरीका आधारमा उनलाई ललितपुरको ग्वार्कोबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।

यसैगरीउनले विकास पाण्डे नाम गरेका व्यक्तिको मोटरसाइकलको बिलवुकमा आफ्नो फोटो टाँसी कीर्ते गरेको खुल्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउ परेका यादवलाई ठगीसम्बन्धी कसुर र लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर, जावलाखेलमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर