प्रतिनिधिसभामा सुन तस्करी प्रकरणबारे जवाफ दिँदै गृहमन्त्री [LIVE]

प्रतिनिधिसभाको बैठक सुरू भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफलमा भएको सहमतिअनुसार बैठक सुरू भएको हो।

शीर्ष नेताहरूबीचको छलफलमा संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सुन तस्करी प्रकरणबारे संसदमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ सुन्न सहमत भएको थियो। उक्त सहमतिसँगै संसदको अवरोध तत्काललाई हटेको हो।

गृहमन्त्रीले जवाफ दिनअघि सांसदहरूले यसबारे बाेलिरहेका छन्। संसद बैठकअघि सभामुख-दलका प्रमुख सचेतकबीच भएकाे छलफलमा एक-एक जना सांसदले बाेल्न पाउने सहमति भएकाे थियाे।

एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट गत ३ साउनमा तस्करीको एक क्विन्टल सुन बरामद भएको विषय छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै संसदको दुवै सदनका बैठक अवरूद्ध गर्दै आएको थियो। गृहमन्त्रीले संसदमा आफूहरूको माग सम्बोधन हुने गरी जवाफ नदिए फेरि संसद अवरोध गर्ने उसको चेतावनी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *