सरकारसँग विश्वास छैन भनेर समानान्तर अर्को मन्त्रिपरिषद बनाऔं भन्न मिल्छ ? : गृहमन्त्री

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारसँग विश्वास लागेन भनेर समानान्तर मन्त्रिपरिषद बनाऔं भन्न नमिल्ने बताएका छन्।

मंगलबार सुन प्रकरणबारे प्रतिपक्षीको माग नुसार संसदमा जवाफ दिँदै उनले सरकार र सरकारी संयन्त्रलाई विश्वासै नगर्ने भन्ने कुराले कहीँ नपुग्ने तर्क गरे।

‘सरकारले कानून लागू गर्छ। अब संसदलाई विश्वास भएन भनेर यो सरकारले के कानून लागू अर्को मन्त्रिपरिषद् समानान्तर बनाइदिऔं भन्न मिल्छ?,’ उनले प्रश्न गरे।

त्यस्तै सुन प्रकरणमा राज्यका अंगलाई विश्वास गर्न उनको सांसदहरूलाई आग्रह छ।

‘राज्यको जुन निकायले अनुसन्धान गर्छ र अभियोजन गर्ने त्यसैलाई दिँदा राम्रो होइन र? दुर्नियत देखापर्‍याे अपराधी लुकाउने भने त्यसपछि ल नयाँ शिराबाट अगाडि जाऔं भन्दा राम्रो होइन् र?’ उनले भने ‘म सबै मित्रहरूलाई यो अनुरोध गर्न चाहान्छु, सरकार मुख्य रूपमा लाग्छ। सकरात्मक वातावरण बनाऔं। कसैलाई छुट नदिनेतर्फ जाँऔं।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर