राष्ट्रिय आप्रवासी नीति बन्दैछ : मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकारले राष्ट्रिय आप्रवासी नीति बनाउन लागेको जानकारी दिएका छन्।

रिटर्नी माइग्रेन्ट नेपालको छैटौं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सरकार नेशनलद माइग्रेसन पोलिसी बनाउनतर्फ अगाडि बढेको र त्यसका लागि सबैको सहयोगको अपेक्षा गरेको बताए।

उनले पार्टी भनेको नै मन्त्रालय र विचार भनेको श्रमिकहरूको कल्याण भएको भन्दै आफू मन्त्रालयमा कार्यरत हुदाँसम्म श्रमिकहरूका लागि काम गर्ने बताए।

यस्तै उनले वैदेशिक रोजगारीबाट फर्केकाहरूको सीप प्रमाणीकरणका लागि १० करोड रूपैयाँ रकम छुट्याएर कार्यक्रमको सुरूवात गरेको पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *