प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरूद्ध उजुरी आह्वान

संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरूद्ध उजुरी आह्वान भएको छ। संघीय संसदको संसदीय सुनुवाइ समितिले बुधबार गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दै श्रेष्ठविरूद्ध उजुरी आह्वान गरेको हो।

श्रेष्ठविरूद्ध उजुरीका लागि १० दिनको समय दिँदै समितिले मर्यादित भाषामा स्पष्ट आधार तथा सबुत प्रमाणसहित उजुरी दिन सकिने जनाएको छ। प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरूद्ध उजुरी दिन चाहने व्यक्तिहरूले संसद सचिवालयको ठेगानामा पत्राचार वा सोझै सिंहदरबारस्थित सचिवालयको कार्यालयमा पुगी सूचना वा उजुरी दिन सक्नेछन्।

सूचना दिने सूचनादाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र उसले चाहेमा सूचनादाताको नाम गोप्य राखिने पनि सूचनामा उल्लेख छ।

संवैधानिक परिषदको साउन १८ गते बसेको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। संसदीय सुनुवाइबाट श्रेष्ठको नाम अनुमोदन भए मात्र राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन्। यदि संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदन भए उनले ३१ औं प्रधानन्यायाधीशका रूपमा १४ महिना जिम्मेवारी सम्हाल्नेछन्।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेदेखि अनिर्वाय अवकाशमा गएपछि श्रेष्ठ कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर