अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कुरा ‘बेमाैसमकाे बाजा’ हाे : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित विशेष साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले अहिले भ्रष्टाचारको विरूद्धमा र सुशासनको पक्षमा निर्मतापूर्वक काम गरेको भन्दै यस्तो बेलामा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुको कुनै अर्थ नरहेको बताए।

‘अहिले राजीनामाको प्रसंग आउने गरिरहेको छ । एउटा कुरा त यो राजनीतिक स्टन्टबाजी पनि हुन सक्छ । अर्को पोलिटिकल कन्जम्पसन पनि हुनसक्छ । गठबन्धन बलियो हुँदासम्म र सरकारले शीर निहुराउने काम नगर्दासम्म कसैको दबाबमा राजीनामा दिनुपर्दैन,’ उनले भने, ‘सरकारले एकातिर राम्रो काम पनि गरिहेको छ, अनि राजीनामा पनि दिनुपर्ने? भ्रष्टाचारलीलाई कारबाही गरेको बेलामा अनि राजीनामा गर्ने? सुशासन कायम गर्नको लागि सरकारले यसरी काम गरिरहने, अनि राजीनामा दिनुपर्ने? यो कुरा मिलेन।’

मन्त्री ज्वालाले सरकारले राम्रो गरिरहेको अवस्थामा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामाको प्रसंग आउनु नै गलत भएको बताए।
उनले भने,‘अहिले राजीनामाको प्रसंग नै नआउनुपर्ने हो। राम्रो काम गर्नेले राजीनामा दिने होइन। कि त कोही भ्रष्टाचारमा मुछिनुपर्‍याे। बदनाम हुनुपर्‍याे। जनविरोधी काम गर्नुपर्‍याे। जनताले यो मन्त्री र प्रधानमन्त्रीले राजीनामा देऊ भन्नुपर्‍याे।’

उनले अहिले राजीनामाकाे प्रसंग उठ्नु बेमाैसमकाे बाजा भएकाे भन्दै जनताले अहिलेको सरकारलाई समर्थन गरेको बताए।

उनले एक क्विन्टल सुन तस्करीबारे सीआईबीले छानबिन गरिरहेको उल्लेख गर्दै अनुसन्धान जरैसम्म पुग्ने र दोषीहरूमाथि कारबाही हुने विश्वास दिलाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *