ओलीको आरोप- माधव नेपाल नाम मात्रैका वामपन्थी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई नामको मात्रै वामपन्थीको संज्ञा दिएका छन् ।

मंगलबार नेकपा (एमाले) बागमती प्रदेशको प्रशिक्षण कार्यक्रममा उनले नामै किटेर माधव नेपालले युवा आन्दोलन समाप्त पार्न वामपन्थीको साइनबोर्ड र स्वार्थको झोला बोकेको आरोप लगाए।

‘विचरा माघव नेपाल! नाम त लिन नहुने हो तर युवा आन्दोलन समाप्त पार्न यति तल गिरे, अदालत गए, कहाँ गएनन्, के गरेनन् होला र? प्रतिक्रियावादी दक्षिणपन्थी सरकार बनाए दुई तिहाइ बहुमतको सरकार ढालेर,’ ओलीले भने, ‘यो पार्टीको वरिष्ठ नेता हुदाँहुँदै पछाडिबाट गएर हाम्रो सरकार गिराउन खोज्ने, खासमा झोले भनेका वामपन्थी भनेर दक्षिणपन्थीको झोला बोकेर हिँड्ने हुन्। नामका वामपन्थी, साइनबोर्ड वामपन्थी भनेर स्वार्थको झोला बोकेका छन्।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *