‘प्रहरी संगठनको आन्तरिक सुदृढीकरण र कर्मचारीहरूको मनोबल वृद्धि गर्न सरूवाको मापदण्ड आएकाे हाे’

नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी संगठनको आन्तरिक सुदृढीकरण एवम् प्रहरी कर्मचारीहरूको मनोबल वृद्धि गर्न सरूवाको मापदण्ड आएको बताएका छन् ।  यसलाई अक्षरश: पालना गर्नुपर्ने सबैको दायित्व रहेको उनले उल्लेख गरे ।

हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा कार्यालय प्रमुखको रूपमा खटिइ जान लागेका प्रहरी निरीक्षकहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले यस्तो बताएका हुन् ।

उनले आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले संगठनलाई सुधार गर्न, थप सुदृढ एवम् बलियो बनाउने तथा श्रीवृद्धि गर्नका लगि सबैको साथ सहयोग आवश्यक रहेको चर्चा गर्दै व्यावसायिक स्वार्थलाई आत्मसाथ गरी निष्ठावान, इमानदार एवम् सिर्जनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफ्नो अनुभवलाई प्रयोग गर्दै सकारात्मक सोचका साथ अगाडि बढ्न निर्देशन दिए ।

कानूनको कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले हरेक पल पलमा नागिरकको साथमा रहेर सहकार्य गर्नुपर्ने एवम् नागरिकको समस्यामा सहजीकरण गर्नेतर्फ प्रहरी अधिकृतहरू केन्द्रीत हुनुपर्ने बताए । आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसात गरी सिमान्तकृत एवम् पीडितवर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गर्न निर्देशन दिए ।

कानूनले दिएको अधिकारको पूर्ण प्रयोग तथा नेपाल प्रहरीको कार्ययोजना अनुरूप जनमैत्री सेवा प्रवाह, आन्तरिक सुदृढीकरण, राजश्व अभिवृद्धि, चोरीपैठारी लगायत अन्य अपराधिक गतिविधिमा थप क्रियाशील भई जिम्मेवारी वहन गर्नुपर्ने कुवँरको धारणा थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर