पृथ्वीनारायण शाहको सालिक हटाउँदा गौरव गर्ने जनप्रतिनिधिहरू यो देशमा छन् : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहको सालिक हटाउँदा गौरव गर्ने जनप्रतिनिधिहरूका कारण पनि देशको अवस्था छर्लङ्ग हुने बताएका छन् ।

शुक्रवार भक्तपुरमा आयोजित राप्रपाको चाँंगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशको अवस्था जनप्रतिनिधिको रवैयाको कारण नै छर्लङ्ग हुँदै गएको बताए ।

उनले भने, ‘गाई काटेर, गोरू काटेर भोजभतेर खाएर भिडियोमा देखाएर प्रचार गरिरहेका छन् । पृथ्वीनारायण शाहको सालिक हटाउने जनप्रतिनिधिहरू गौरव गरिरहेका छन् । देशको अवस्था के छ भन्ने यसैले देखाउँछ ।’

अध्यक्ष लिङ्देनले राप्रपा रहेन भने कसले यो हिन्दूराष्ट्रको मुद्दा बोकेर हिँड्छ,संघीयता खारेजी र राजसंस्था पुनर्सथापनाको मुद्दा कसले बोक्छ भन्ने प्रश्न पनि गरे ।

उनले भने ‘यदि कसैले राप्रपा फुटाउने गुट बनाउने कल्पाना मात्रै पनि गर्छ भने त्यो बहुलाउँछ । त्यसलाई जनता र कार्यकर्ताको श्राप लाग्छ ।’

अध्यक्ष लिङ्देनले कसैलाई हार्ने मर्ने र पछि हट्ने छुट नभएको भन्दै जसरी पनि अगाडि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *