‘मिस युनिभर्स नेपाल-२०२३’ को ग्राण्ड फिनालेमा २२ युवतीबीच प्रतिस्पर्धा हुने

आगामी भदौ २३ गते ललितपुरमा आयोजना हुन लागेको ‘मिस युनिभर्स नेपाल-२०२३’ का लागि अन्तिम प्रतिस्पर्धामा २२ जना युवतीहरूले प्रतिस्पर्धा गर्ने भएका छन् ।

काठमाडौंको रायन होटलमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी निर्देशक नग्मा श्रेष्ठले उक्त जानकारी दिएकी हुन् । कार्यक्रममा २२ जना प्रतिस्पर्धीहरू रातो कार्पेटमा हिँडेका थिए । उनीहरूले आफ्नो परिचय मिडिया र उपस्थित पाहुनाहरूलाई दिँदै रातो कार्पेटमा क्याटवाक गरे ।

निर्देशक नग्मा श्रेष्ठले मिस युनिभर्स नेपाल-२०२३ को ग्राण्ड फिनाले भदौ २३ गते ललितपुरको गोदावरी कन्भेन्सन सेन्टरमा हुने जानकारी दिइन् । उनले यस वर्षको मिस युनिभर्स नेपालले नवीनतालाई अँगाल्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रम कान्तिपुर टीभी एचडी, कान्तिपुर सिनेप्लेक्स एचडी र कान्तिपुर टीभी एचडी युट्युबमा प्रत्यक्ष प्रसारण गरिने पनि उनले जानकारी दिइन् ।

उक्त अवसरमा एसियन पेन्ट्स नेपाल प्रालिका कन्ट्री डाइरेक्टर जी गोपालकृष्णले प्रायोजकको रूपमा साझेदारी गर्न पाउँदा खुसी व्यक्त गर्दै यस उल्लेखनीय यात्राको एक हिस्सा भएकोमा उत्साहित भएको बताए ।

उनले भने, ‘एसियन पेन्ट्स नेपाल र मिस युनिभर्स नेपाल-२०२३ बीचको तालमेल अझ जीवन्त र सुन्दर संसार बनाउने हाम्रो साझा दृष्टिकोणको प्रमाण हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर