कर्मचारी भनेका स्थायी सरकार हुन्, सशक्त बन्नुपर्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारी भनेको स्थायी सरकार भएकोले स्थायी सरकार सशक्त बन्नुपर्ने बताए । उनले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउन आवश्यक भएको पनि बताए ।

नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कर्मचारी युनियन, सामाजिक संगठन, राजनीतिक पार्टी संगठनहरूलाई चलायमान बनाउँदै देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताए ।

उनले भने, ‘पार्टीको नाम जे राखेपनि सबैले संविधानलाई पालना गर्नुभएको छ । संविधानअनुसार पार्टी चलेका छन् । भोलिका दिनमा ध्यान दिनुपर्ने कुरा के छ भने कर्मचारी युनियन भयो, सामाजिक संगठन, राजनीतिक पार्टी संगठनहरू चलायमान बनाउनुपर्छ । अर्को भनेको देशलाई समृद्धितर्फ, विकासतर्फ बढाउनुपर्छ ।’

सभापति देउवाले राजनीतिक भनेको आउने जाने प्रक्रिया हो तर कर्मचारी भनेको स्थायी सरकार भएको भन्दै स्थायी सरकार सशक्त हुनुपर्ने बताए ।
यस्तै उनले बल्ल बल्ल कोभिडबाट मुक्ति भएको देशमा फेरि डेंगुको संक्रमण आएको भन्दै सबैकुरालाई ध्यानमा राखेर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया

One thought on “कर्मचारी भनेका स्थायी सरकार हुन्, सशक्त बन्नुपर्छ : देउवा

  1. प्रहरी कर्मचारीलाई देखि नसहने यो देउवाको खोकाइ अलि बढिनै भयो । आफ्नो श्रीमती फस्ला भनेर मापदण्ड बिपरित प्रहरी अधिकारीको सरुवा गरेर आफ्नो अनुकुलको मान्छे ल्याउन खोज्ने भोलि अनुसन्धानमा अप्थ्यारो पर्यो भने जवाफ कस्ले दिने सरकारले कि देउवाले ? यो बिषयमा सरकार गम्भीर बन्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *