सबैसँगको छलफलपछि मात्र युरोप भ्रमणमा गएको हुँ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफू सबैसँगको छलफल र परामर्शपछि मात्र युरोप भ्रमणमा गएको बताएका छन्।

आइबार पार्टीको पोलिटब्यूरोको चौथो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले युरोप भ्रमण रद्द गर्न खोजे पनि सबैसँगको छलफल पछि गएको दाबी गरे।

‘म त्यो कार्यक्रम रद्द गरौं कि भनेर लाग्या छु। नभए भोलिपल्ट विरोधीहरूले माधव नेपाल भाग्यो भनेर लेख्लान्, प्रचार गर्लान् भन्ने पनि लाग्यो। त्यो लागि सकेपछि मैले प्रधानमन्त्रीलाई सोधें मेरो भ्रमण रद्द गरौं कि के गरौं,’ उनले भने, ‘राज्यलाई र जनतालाई थाहा नदिईकन भ्रम पैदा हुने गरी विदेश भ्रमणमा जानै पर्छ भन्ने छैन भनेपछि प्रधानमन्त्रीले कुनै पनि हालतमा तपाईंलाई असर पर्ने अवस्था छैन, तपाई जानू, पार्टीको कार्यक्रम सम्पन्न गरेर आउनू भन्नुभयो।’

सोही क्रममा पार्टीका महासचिवले पनि विभिन्न कानून व्यवसायीहरूसँग परामर्श गरेको र उनले नहुने बताएपछि आफू भ्रमणमा गएको नेपालले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर