राजनीति

राष्ट्रपति पौडेलले बोलाए सर्वदलीय बैठक

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन्। उनका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष नेताहरू सम्मिलित हुने बैठक मंगलबार बिहान साढे ८ बजे बस्ने गरी बोलाइएको हो।

संसदमा जारी गतिरोध अन्त्य गर्नेलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो। राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेले बोलाएको यो पहिलो सर्वदलीय बैठक हो।

यसअघि राष्ट्रपति पौडेलले संसदको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए।

आइतबार साँझ राष्ट्रपति पौडेलले संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि छलफल गरेका छन्।

६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै गत साउन १० गतेदेखि एमालेले लगातार संसद अवरोध गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर