प्रहरीका वरिष्ठ सई हत्या आरोपी आमा-छोरा पुर्पक्षका लागि कारागार चलान

नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) उज्ज्वल पौड्यालको हत्या आरोप लागेका दुई जना कारागार चलान भएका छन्।

बागलुङको भीमगिठेस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज वरिष्ठ सई पौड्यालको हत्या आरोपमा पक्राउ परेका आमा-छोरालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो।

बुधबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका वडा नम्बर-६ स्थित आशा होटल तथा खाजा घरकी सञ्चालिका ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि कारागार पठाएको हो।

वरिष्ठ सई पौड्याल गत साउन ११ गते सो होटलमा मृत फेला परेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वरिष्टठ सई पौडेलका होटल सञ्चालक आमा-छोराले हत्या गरेको खुलेको छ।

सामान्य विवादको क्रममा होटल सञ्चालक आमा-छोराले पौडेलको टाउकोमा मुक्का प्रहार गरी छातीमा लात्तीले हानेर बेहोस भएपछि कपडाले घाँटी कसेर हत्या गरेको आरोप छ।

वरिष्ठ सई पौड्यालको मृत्यु भएपछि उनले घाँटीमा लगाएको सुनको सिक्री निकालेर भान्छा कोठाको दराजमा लुकाएको अवस्थामा फेला परेको थियो।

पर्वतको कुश्मा नगरपालिका-९ स्थायी घर भएका पौड्याल केही समय राष्ट्रियसभा अध्यक्षको सुरक्षामा समेत खटिएका थिए भने केही समयअघि मात्रै बागलुङ फर्किएका थिए।

याे पनि

प्रहरी चौकी इञ्चार्जले आफैंलाई जोगाउन नसकेकाे त्याे दिन…

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर