लेफ्टिनेन्ट कर्णेल मल्लको कमाण्डमा ७१ जना शान्ति सैनिक मिनुस्का मिशनका लागि प्रस्थान

नेपाली सेनाले मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा तैनाथ नेपाली शान्ति सैनिक टोलीको अदलीबदली गरेको छ।

सोमवार सैनिक प्रहरी युनिट नवौं डफ्फाका ७१ जना शान्ति सैनिकहरू मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्र बहुआयामी एकीकृत स्थिरीकरण मिशन (मिनुस्का) का लागि प्रस्थान गरेका छन्।

प्रमुख सेनानी अशोककुमार मल्लको नेतृत्वमा रहेको उक्त टोली संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा त्यसतर्फ प्रस्थान गरेका हुन्।

यसअघि भदौ १० गते सोही मिशनमा सहभागी सैनिक प्रहरी युनिट ( आठौं डफ्फाका ७१ जना सैनिकहरू प्रमुख सेनानी भगत तामाङको नेतृत्वमा स्वदेश फिर्ता भएका थिए।

हाल विभिन्न १३ मिशनहरूमा ६ हजार ७० जना शान्ति सैनिकहरूसहित नेपाल संयुक्त राष्ट्रसंघलाई फौज उपलब्ध गराउने सदस्य राष्ट्रहरूमध्ये शीर्ष दोस्रो स्थानमा रहेको छ।

यस्तै नेपालबाट ५६४ महिलाहरू शान्ति सैनिकका रूपमा खटिएका छन्, जुन महिलाहरूतर्फ शान्ति सेनामा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूमध्ये सबैभन्दा ठूलो सहभागिता हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *