१२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो, एमसीसी कार्यान्वयनमा जान्छ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदबाट अनुमोदन भइसकेकाले एमसीसी कार्यान्वयनमा जाने बताएका छन्।

बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले १२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो भएको बताए।

उनले भने, ‘एमसीसी कार्यान्वयनमा जान्छ नै। संसदबाट नै अनुमोदन गरेको कुरा नै १२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो छ। झुटको खेस्रो उहाँहरूले जनतालाई दिएको धोका मात्र हो, संसदबाट पास भएको भनिएको झुटको खेस्रो नेपाली जनतालाई धोका दिएको एउटा प्रमाण हो।’

उनले तत्कालीन सरकारले सम्झौताको अन्त्य हुन्छ भनेर संसदमै बोलेर नेपाली जनता र संसदलाई धोका दिएको भन्दै भने, ‘सरकारले त्यतिबेला नेपाली जनतालाई झुट बोलेर धोका दिएको हो। नेपाली संसदसँग बेइमानी गरेको हो। १२ बुँद्दे व्याख्यात्मक घोषणा त्यस सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीले र परराष्ट्रमन्त्रीले एमसीसीले तानिसकेको छ, यो सम्झौताको अन्त्य हुन्छ भनेर संसदमै बोलेर नेपाली संसदलाई धोका दिनुभयो र पास गर्नुभयो।’

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड आफैंमा एउटा समस्या भएको भन्दै समस्या खडा गरेर स्वार्थका लागि समाजलाई विथोल्न खोजेको आरोप लगाए।

उनले भने,‘पुष्पकमल जी समस्या हो, समस्याले समस्या भइहाल्छ, उहाँले समस्या खडा गर्नुभएको छ र समाजलाई विथोल्न खोज्दै हुनुहुन्छ। सानो संकीर्ण स्वार्थ राखेर सत्तापक्षले झुट बोलिरहेको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर