नेपाल प्रहरीका चार जना इन्स्पेक्टरको काज सरूवा

नेपाल प्रहरीका चार जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरूवा भएको छ।

प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाले मंगलवारको निर्णयअनुसार उनीहरूलाई काजमा खटाएको हो।

बागमती प्रदेश प्रहरी गण हेटौंडा, मकवानपुरमा कार्यरत इन्स्पेक्टर राजु केसी खत्री प्रहरी प्रधान कार्यालयको यूएन शाखामा काज सरूवा भएका छन्।

इलाका प्रहरी कार्यालय हुवास (त्रिवेणी), पर्वतमा कार्यरत इन्स्पेक्टर रवीन्द्रकुमार चिमोरियाको प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखामा काज सरूवा भएको छ।

यस्तै इलाका प्रहरी कार्यालय पकडी, कपिलवस्तुका इन्स्पेक्टर शिवकुमार क्षेत्रीको नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, रूपन्देहीमा काज सरूवा भएको छ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण गुल्म नं. ४ त्रिपुरेश्वरका इन्स्पेक्टर राजीव श्रेष्ठ इलाका प्रहरी कार्यालय पकडी, कपिलवस्तु काज सरूवा भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *