भ्रष्टाचारविरूद्ध कडा रूपमा प्रस्तुत हुने प्रजातन्त्रपछिकै यो पहिलो सरकार हो : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भ्रष्टाचारविरूद्ध चालेको कदमलाई निरन्तरता दिने इतिहासमा प्रजातन्त्रकै पहिलो सरकार भएको दाबी गरेका छन्।

नेपाल पत्रकार महासंघ मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले युद्धबाट शान्तिमा आए पनि मन बदल्न नसक्दा पार्टी धेरै चिरामा परिणत भएको भन्दै पार्टी जसरी जनता र जरा भनेर फर्किएको छ त्यसले पार्टी रूपान्तरणमा मद्दत पुग्ने बताए।

उनले अपूर्णताबाट मात्रै कुरा उठाउने र विरोध गरेर मात्रै आफू राम्रो हुन्छ भन्ने कुरा राजनीतिले सिकाएको भन्दै भ्रष्टाचारको कुरामा म आए पनि प्रधानमन्त्री नै आएपनि नछोड्ने प्रतिबद्धता रहेको पनि बताए।

अर्को प्रसंगमा उनले बन्द भएका एयरपोर्ट सञ्चालन गर्न आफूले प्रयास गरिरहेको उनको भनाइ छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *