केपी ओली मारवाडीका पार्टनर हुन् : दुर्गा प्रसाईं

व्यवसायी दुर्गा प्रसाईंले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मारवाडीका पार्टनर भएको आरोप लगाएका छन्।

मंगलबार हङकङ जानुअघि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले मारवाडीविरूद्ध आफूले अभिव्यक्ति दिएपछि केपी ओलीले आफूलाई पागल भनेको भन्दै उनी पनि मारवाडीको पार्टनर भएको आरोप लगाएका हुन्।

उनले भने, ‘केपी ओली हजुरबुवा मारवाडीका पार्टनर हुन्। नेताहरू सबै मारवाडीका पार्टनर हुन्। केही मारवाडीहरू आईजीपीकोमा पनि गएका थिए रे दुर्गा प्रसाईंलाई थुन्न पर्‍याे भनेर। म हङकङबाट फर्केर आएपछि मैले जानेको छु।’

उनले प्रत्येकको घर-घरमा जाने चेतावनी दिँदै मारवाडीसँग मिलेर नेताले देश सकेको आरोप लगाए।

‘ललिता निवास खाने यिनै मारवाड , देशको अर्थतन्त्र सक्काउने यिनै मारवाडी, सुनको, केटीको, सुपारी र रक्तचन्दनको तस्करी गर्ने सबै यिनै मारवाडी हुन्। कालले छोड्ला तर मैले छोड्नेवाला छैन,’ उनले भने।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर