कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ।

काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुन गएका बेला यादवमाथि खुकुरी प्रहार भएकाे जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए।

सहमहामन्त्री यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।

एसपी ढुंगेलका अनुसार यादवमाथि नुवाकोट घर भएका श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका हुन् र सापकोटालाई पक्राउ गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *