पद र पैसाको पछि लागेर नेपालीले दुःख पाए : मन्त्री किराती

'नेपाली राजनीति जरा होइन, फूल र सुगन्धको पछि लाग्यो'

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पद, पैसाको पछि लागेपछि नेपालीले दुःख पाएको टिप्पणी गरेका छन्।

काठमाडौंमा खेमराज गुरूङ ट्रस्टद्वारा आयोजित विशेष सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले नेपाली राजनीति जरामा नलागी फूल र सुगन्धको पछि लागेको टिप्पणी गरे।

‘राजनीतिमा पनि हाम्रो जरातिर ध्यान दिने हो कि, हामी जरामा लाग्दा राणा शासन र पञ्चायत पनि हटाउन सफल भयौं तर जब हामी फूल र सुगन्धमा लाग्यौं, पद, पैसाको पछि लाग्छौं नि त्यसपछि दुःख सुरू भयो। हामी आफ्नो माटोमा फर्किन सक्यौं भने मात्रै विकास हुन सक्छ,’ उनले भने।

उनले सबै श्रष्टाको योगदानको सम्मानका लागि आवश्यक पहल गर्ने बताए। श्रष्टाको उचित सम्मान भए मात्रै राष्ट्रको सम्मान हुने उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *