राप्रपा सरकारमा जाने कुरा हल्ला मात्रै हो : महामन्त्री राणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) का महामन्त्री तथा सांसद धवलशमशेर राणाले राप्रपा सरकारमा जाने कुरा हल्ला मात्रै भएको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले संसदीय समितिको सभापति पाएकाले यो हल्ला चलेको टिप्पणी गर्दै सरकारमा जाने कुरा हल्ला मात्रै भएको बताए।

उनले भने, ‘हामी सरकारमा जाने हल्ला मात्रै हो। यो आरोप लागेको छ। यसमा कुनै सत्यता छैन। हामीले संसदीय समितिको सभापति पाएकोले यो हल्ला उठेको हो। हामीले पनि संसदीय समितिको सभापति लिने क्रममा बार्गेनिङ त गरेको छैन? भनेर पनि नेतासँग सोध्यौं। तर, उहाँहरूले त्यस्तो नभएको बताउनुभयो। समिति भनेको संसदको हो। एउटा समितिको सभापति पाएको हो।’

उनले संघ र प्रदेश कतै पनि आफ्नो पार्टी सरकारमा नजाने स्पष्ट पारे। उनले भने, ‘हामीले अहिले सरकारमा जाने गरी छलफल गरेको पनि छैन। जाने मनस्थितिमा पनि छैनौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर