विदेश भ्रमण राष्ट्रहितका लागि अधिकतम उपयोग गर्न प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आसन्न विदेश भ्रमणलाई राष्ट्रहितमा अधिकतम उपयोग गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ को आसन्न चीन भ्रमणबारे भएको छलफलमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले नेपालको भूराजनीतिक संवेदनशीलतालाई बुझेर तयारी गर्न सुझाव दिए।

‘प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ को निकट भविष्यमा हुन गइरहेको विदेश भ्रमणको ऐजेण्डाहरूको अन्तिम रूप दिनको लागि छलफल भइरहेको छ,’ उनले भने ‘सबैले बुझ्नुपर्ने कुरा के हो भने हाम्रो देश नेपाल अत्यन्तै संवेदनशील अवस्थामा रहेको छ। भौगोलिक, भूराजनीतिक संवेदनशीलता छ। यसलाई ध्यानमा राखेर आफ्नो विचार राख्नुपर्छ। नत्र एउटाको अभिव्यक्तिले नेपाल समस्यामा पर्ने हुन सक्छ।’

उनले भ्रमणका क्रममा हुन सक्ने सबैखाले उच्चस्तरीय छलफललाई अधिकतम उपयोग गर्न पनि सुझाव दिए। ‘प्रधानमन्त्रीको भ्रमणले नेपाललाई विश्वसामु प्रस्तुत गर्नको लागि सहयोगी होस् भन्ने शुभकामना दिन चाहन्छु। भ्रमणमा धेरै राष्ट्रका प्रमुखसँग भेट हुन सक्छ र त्यसको अधिकतम उपयोग गर्न पनि आग्रह गर्न चाहन्छु।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर