परराष्ट्रमन्त्री साउद न्यूयोर्क प्रस्थान

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन्।संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगले यही सेप्टेम्बर १४ तारिखमा न्यूयोर्कमा आयोजना गर्न लागेको ‘शान्ति निर्माणमा शिक्षाको भूमिका’ कार्यक्रममा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्।

नेपाल हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगको सदस्य छ। उक्त कार्यक्रमपश्चात् मन्त्री साउद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा सहभागी हनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *