ढाकाकुमार श्रेष्ठले लगाएको आरोपबारे अनुसन्धान सुरू भइसक्यो : सचेतक परियार

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले डा. ढाकाकुमार श्रेष्ठले पार्टीका नेताहरूमाथि लगाएको आरोपबारे गम्भीर रूपमा अनुसन्धान भइरहेको भन्दै सत्यतथ्य प्रमाणित भए कारबाही हुने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा शोक प्रस्तावपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त विषयमा श्रेष्ठमाथि गम्भीर रूपमा अनुसन्धान गरिरहेको बताएका हुन् ।

‘यो विषयमा हामी अनुसन्धान गरिरहेका छौं । पार्टीका नेताहरूमाथि लगाएको आरोपबारे पार्टीले गम्भीर रूपमा लिएको छ,’ उनले भने, ‘अनुसन्धानमा कुनै व्यक्ति विशेषको नाम आए पनि अनुसन्धान रोकिने छैन ।’

रास्वपाबाट निष्कासित डा. ढाकाकुमार श्रेष्ठले पार्टी र पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर आफूलाई मन्त्री बन्न ३ करोड रूपैयाँ माग गरेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *