उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस (सूचीसहित)

न्याय परिषदले उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि २७ जनाको नाम सिफारिस गरेको छ। शुक्रबार बसेको परिषदको बैठकले २७ जनाको नाम उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो।

परिषदले न्याय सेवा, कानून सेवा र सरकारी वकिल, जिल्ला न्यायाधीश र कानून व्यवसायीमध्येबाट २७ जनाको नाम सिफारिस गरेको हो।

सिफारिस हुनेमा १८ जना जिल्ला न्यायाधीश छन्। ६ जना कानून व्यवसायी छन्। अन्यमा न्याय सेवा, कानून सेवा र सरकारी वकिल समूहका छन्।

लामो समयदेखि उच्च अदालतमा न्यायाधीश नियुक्ति हुन सकेको थिएन। २०७८ सालदेखि रोकिएको न्यायाधीश नियुक्ति प्रक्रिया प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अघि बढाएका हुन्।

न्याय परिषदको सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतको न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

हेराैं सिफारिसमा परेकाहरूकाे नामावली :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर