पशुपति मन्दिर वरपर आजदेखि मासु र मदिरा निषेध

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ।

हिन्दू नारीहरूको महान चाड तीजको अवसरमा पशुपति क्षेत्रभित्र सुरक्षा, धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त आदेश जारी गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा आजबाट लागू हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो कार्य निषेध गरिएको उल्लेख गरिएको छ।

आजबाट मांस, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ (क) र (ख) अनुसार पूर्ण रूपमा रोक लगाइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर