उपरथीमा बढुवा भएका राउतलाई सम्भारको जिम्मेवारी

नेपाली सेनाका सहायक रथी विष्णु राउत उपरथीमा बढुवा भएका छन्। भदौ २९ को मन्त्रिपरिषद बैठकले उनलाई उपरथीमा बढुवा गरेको हो।

उपरथीमा बढुवा भएसँगै राउत सम्भार रथीमा नियुक्त भएका छन्। उनलाई प्रधानसेनापति प्रभुराम शर्माले सोमबार दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

यस्तै सहायक रथीबाट मानार्थ उपरथीमा बढुवा भएका भरतचन्द्र गुरूङ, लेखा महासेनानीबाट लेखा सहायक रथीमा बढुवा भएका विनोद थापा र प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएका हरिबहादुर विश्वकर्मालाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

दर्ज्यानी चिह्न प्रदान गर्न आयोजित कार्यक्रममा बलाधिकृत रथी सरोजप्रताप राणा, बलाध्यक्ष रथी सीताराम खड्का, रथी, अधिकृतहरूका साथै पदोन्नति भएका रथी तथा अधिकृतहरूका परिवारजनको उपस्थिति थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर