जंगी अड्डामा तीन दिवसीय लिगल सेमिनार सम्पन्न

सेना प्राड विवाक स्थापनाको ६१ औं वार्षिकोत्सवको अवसरमा नेपाली सेनाको मुख्यालय जंगी अड्डामा लिगल सेमिनार-२०८० सञ्चालन भएको छ।

तीन दिवसीय उक्त सेमिनार भदौ ३१ बाट शुरू भई मंगलबार (असोज २) मा सम्पन्न भएको हो।

बलाध्यक्ष रथी सीताराम खड्काले उद्घाटन गरेको सेमिनारको प्रधानसेनापति प्रभुराम शर्माले समापन गरे।

नेपाली सेनामा कार्यरत कानून अधिकृतहरूको सैनिक न्याय प्रणाली तथा कानून कार्यान्वयनसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष यस्तो सेमिनार आयोजना हुँदै आएको छ।

तीन दिवसीय सेमिनारमा नेपाल प्रहरी तथा महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिहरू, उच्च अदालतका पूर्वन्यायाधीश, सेना प्राड विवाकका पूर्वप्रमुखहरूलगायतका विषयविज्ञहरूबाट सम्बद्ध विषयहरूमा प्रस्तुतीकरण भएको थियो।

मंगलबार आयोजित समापन समारोहमा सम्बोधन गर्दै प्रधानसेनापति शर्माले कानून अधिकृतहरूलाई आफूलाई प्राप्त जिम्मेवारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको परिधिमा रही सम्पादन गर्न निर्देशन दिए।

समापनमा नेपाली सेनाका रथी तथा अधिकृतहरूको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर