शान्ति प्रक्रियाको महत्त्वपूर्ण कार्यभार पूरा गर्न अझै बाँकी छ : गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको महत्वपूर्ण कार्यभार अझै पूरा गर्न बाँकी रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित लखन थापालाई प्रथम सहिद घोषणा गरेको ८ औं वार्षिकोत्सव कार्यक्रममा उनले शान्ति प्रक्रियालाई पूर्णता दिनुपर्ने बताए ।

‘शान्ति प्रक्रियाको अझै महत्त्वपूर्ण कार्यभार अझै पनि पूरा गर्न बाँकी छ । त्यो भनेको संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यभार हो,’ उनले भने, ‘सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पुरा गर्ने गरी हामीले शान्ति प्रक्रियालाई समग्रतामा पूर्णता दिनुपर्छ । नेपालमा द्वन्द्व पीडितलाई न्यायसहित दिगो शान्ति स्थापित गर्नुपर्छ ।’

उनले पछिल्लो समय नेपालमा भएको राजनीतिक परिवर्तनमा त्यो सबै प्रेरणाको स्रोत लखन थापा भएको बताए । सहिदहरूले दिएको बलिदानहरूको मान राख्नु पर्ने र त्यसैअनुरूप सबै अगाडि बढ्नु पर्ने उनको भनाई छ ।

उनले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको रक्षामा सबै एकजुट र सजग हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *