सरकारको लडाइँ काम नै नगरी सम्पत्ति आर्जन गरेर देश खोक्रो बनाउनेविरूद्ध : गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको लडाइँ काम नै नगरी देश खोक्रो बनाउनेविरूद्ध भएको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित ‘भ्रष्टाचारविरूद्ध सुशासन प्रर्वर्द्धनका चुनौती’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले पुँजपति वर्गविरूद्ध नभई भ्रष्टचारविरूद्ध भएको बताए ।

‘जसले काम नै नगरी सम्पत्ति आर्जन गरेर यो देशलाई खोक्रो बनाउने काम गरिरहेका छन्, त्यसैको विरूद्धको लडाइँ हो। भ्रष्टाचारविरूद्धको शुसासनका लागि हो, पुँजीपति वर्गविरूद्ध हैन। ठूला व्यवसायीविरूद्ध होइन।’

उद्योग व्यवसायीहरूका लागि काम गर्ने व्यवस्थित वातावरण बनाउन आवश्यक भएको बताएका उनले राष्ट्रिय पुँजी उत्पादन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।

उनले लगानी नगरी शक्ति प्रयोग गरेर देशको अर्थतन्त्रलाई खोक्रो बनाउने र पैसा जम्मा गर्ने संस्कृतिलाई ध्वस्त बताउने घोषणा गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *