चीनमा प्रधानमन्त्री प्रचण्ड, ओलम्पिक कमिटीका अध्यक्षले गरे स्वागत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाबाट चीन पुगेका छन्।

आफ्ना समकक्षी ली छ्याङको निमन्त्रणामा एक साता लामो भ्रमणका लागि चीन पुगेका उनलाई हाङजाओ विमानस्थलमा चिनियाँ खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाओ झिदानले स्वागत गरेका छन् ।

संयुक्त राष्ट्र संघको महासभा सहभागी भएर उनी अमेरिकाबाट सोझै हाङजाउ सहरमा अवतरण गरेका हुन्।

शनिबार उनी १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन्। उक्त समारोहमा चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि सहभागी हुँदैछन्।

सँगै लञ्चपश्चात् शनिबार साँझ ४ बजे प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *