अख्तियारको काम भ्रष्टाचार उन्मूलन गर्ने होइन, कारण खोज्ने हो : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम भ्रष्टाचार उन्मूलन गरिदिने नभएको बताएकी छन्।

आइतबार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानून निर्माण गर्न आवश्यक रहेको बताइन्।

‘अख्तियारले नै भ्रष्टाचार उन्मूलन गरिदिन्छ भन्ने हैन, उसले भ्रष्टाचारका कारणहरू खोजी गर्ने हो, सिफारिस गर्ने हो। कानून राम्रो र बाध्यकारी भयो भने धेरै कुरा नियन्त्रण हुन्छ ।’

आयोगले भ्रष्टाचारका काण्डहरू खोज्ने, कारबाहीका लागि सरकारलाई सिफारिस गर्ने उल्लेख गर्दै उनले त्यसलाई नियन्त्रण गर्ने काम सरकारकै भएको बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *