विकासका नाममा गाउँ-गाउँ बाटो पुर्‍याउने होडबाजी रोक्नुपर्छ : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विकासका नाममा गाउँ-गाउँमा बाटो पुर्‍याउने होडबाजीलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । बुधबार ४४ औं पर्यटन दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘विकासको नाममा गाउँ-गाउँमा बाटो पुर्‍याउने होडबाजीलाई नियन्त्रण गर्नुपर्छ । योजनाबद्ध ढंगले काम गर्ने हो । हाम्रो न ढंग न रंग । हाम्रो न पुँजी न प्रविधि त्यसैले हामी पछि परेको पर्‍यै छौं ।’

उनले देशलाई समयमै बुझ्न सक्नुपर्ने बताएका छन् । पर्यटनको विकास ५ वर्षमा निकै नै राम्रो गर्न सकिने तर आफ्नो कुरा कसैले नसुनेको उनको भनाइ छ ।

उनले भने, ‘मैले भनेको कसैले बुझ्दैनन् । नबुझेर नै आज झगडा परिरहेको छ ।’

उनले पर्यटन क्षेत्रलाई अगाडि बढाउन अफसिजनलाई पनि ब्रान्डिङ गर्न सकिने तर नेपालमा अफसिजन भनेर झिँगा मारेर बस्ने गरेको बताए ।

उनले नेपालमा एउटा व्यवसायीले एउटा व्यवसाय दर्ता गर्न ७ वटा मन्त्रालय २२ वटा विभाग २ सयवटा टेवलमा जानुपर्ने प्रवृत्ति भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर