दैनिक आयात गर्न सकिने सुनको कोटा २० किलो कायम

दैनिक रूपमा आयात गर्न सकिने सुनको परिमाण २० किलो कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले आज ‘एकीकृत परिपत्र–२०७९’ मा संशोधन गर्दै आयात गर्न सकिने सुनको परिमाण बढाएको हो । यसअघि दैनिक १० किलोसम्म सुन आयात गर्न सकिने व्यवस्था थियो ।

विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि राष्ट्र बैंकले २०७८ फागुनमा सुन आयातको कोटा दैनिक २० किलोवाट १० किलोमा झारेको थियो । सुनचाँदी व्यवसायीले आयातको कोटा बढाउनुपर्ने माग राख्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *