नेपाल प्रहरी अस्पतालका दुई चिकित्सक तीन महिनादेखि सम्पर्कविहीन

गृह मन्त्रालयले चार महिनादेखि सम्पर्कविहीन नेपाल प्रहरीका दुई चिकित्सकलाई तत्काल हाजिर हुन निर्देशन दिएको छ ।

बुधबार एक सूचना जारी गर्दै गृहले सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालमा कार्यरत प्रहरी निरीक्षक डा केशव श्रेष्ठ र नेपाल प्रहरी अस्पतालको सर्जिकल शाखामा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा बालकृष्ण ज्ञवालीलाई बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

श्रेष्ठ गत जेठ २९ गतेदेखि र ज्ञवाली गत जेठ १६ गतेदेखि सम्पर्कविहीन रहको गृहले जनाएको छ । उनीहरु आफूखुशी गैरहाजीर रहेको र खोजतलास गर्दा गराउँदासमेत सम्पर्कमा नआएको मन्त्रालयले जनाएको छ ।

सूचना प्राप्त भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खुलाएर सन्तोषजनक स्पष्टीकरणसहित यस कार्यालयमा हाजिर हुन मन्त्रालयले भनेको छ ।

उक्त समयमा सम्पर्कमा नआए प्रहरी नियमावली, २०७१ को नियम ११३ को खण्ड ९च० को कसूरमा निष्काशनको कारबाही गर्ने चेतावनी गृहको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर