अर्थमन्त्री महत र एमसीसीकी सीईओ अल्ब्राइटबीच भेटवार्ता

अर्थमन्त्री डा. प्रकाशशरण महतसँग अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अल्ब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले भटवार्ता गरेको छ।

सिंहदरबारमा आज भएको भेटमा अर्थमन्त्री डा. महतले एमसीसीअन्तर्गतका आयोजनाको सफलता अनिवार्य रहेको र निर्धारित समयसीमा, बजेट सीमा र स्कोपअनुरूप कार्यान्वयन हुन सकेमा मात्र विगतका सन्देहको अन्त्य हुने बताए ।

उनले नेपालमा आयोजना व्यवस्थापनको सफल उदाहरण प्रस्तुत हुनसक्ने विचार व्यक्त गरे । कार्यान्वयनमा देखिएका समस्यालाई यथाशीघ्र समाधान गरी अगाडि बढ्न एमसीए नेपाललाई निर्देशनसमेत दिए ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत अल्ब्राइटले नेपालमा एमसीसी आयोजनाको कार्यान्वयन प्रारम्भ भएको अवसरलाई स्मरणीय बनाउन र कार्यान्वयनमा देखिएका समस्याको नजिकबाट जानकारी लिन नेपाल आएको तथा यसलाई सफल बनाउन एमसीसी कटिबद्ध रहेको विचार व्यक्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *