पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा राजु केसी नियुक्त

सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा राजु केसीलाई नियुक्त गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले केसीलाई अर्को व्यवस्था नभएसम्म कोषको सञ्चालक परिषद सदस्यसचिवमा नियुक्त गरेको जानकारी सरकारकी प्रवक्ता रेखा शर्माले दिइन्।

केसीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रस्तावमा अर्को व्यवस्था नभएसम्म सदस्यसचिवको जिम्मेवारी दिइएको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जलहरी प्रकरणमा सदस्यसचिव मिलनकुमार थापामाथि भ्रष्टाचार मुद्दा लगाएपछि उनी निलम्बित भएका छन्। थापा निलम्बित भएपछि सदस्यसचिवको पद रिक्त थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर